STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको सभा

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १, मंगलबार

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ। काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट सहभागी बोलाएको छ । 

सभामा सहभागी हुन प्रसाईँले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले सकारात्मक जवाफ दिएका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईँको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् । 

प्रसाईँको कार्यक्रमप्रति राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन् । आजको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ । कार्यक्रम बिहान ११:३० मा सुरु गरी साँझ ५ बजेभित्र सक्ने योजना छ । 

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ । 

त्यस्तै अन्य टोलीहरू क्रमश: चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ । 

Categorized in राजनीति