STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको शक्ति प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २, बुधबार

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेका हुन् ।

उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरेका छन् ।

राजधानीमा आयोजित सभामा मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईँको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र होइन प्रसाईँसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ ।

प्रसाईँ राजसंस्था, गणतन्त्र खारेजी, हिन्दु धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।

Categorized in राजनीति