STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भूतको डर देखाई लकडाउन पालना गराइयो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार

काठमाडौं (एजेन्सी) – लकडाउन अवधिमा मानिसहरु घरबाहिर निस्किरहेका छन् । लकडाउन नमान्ने सयौंको संख्यामा मानिसहरु कारबाहीमा परिरहेका छन् । लकडाउनमा मानिसहरुलाई घरमै राख्न केसम्म गर्न सकिन्छ, इन्डोनेसियाको एक गाउँमा गरिएको एउटा उदाहरण अचम्मलाग्दो छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि इन्डोनेसियामा पनि लकडाउन लागू गरिएको छ । इन्डोनेसियाको एक गाउँमा लकडाउन अवधिमा मानिसहरु घरमै बसून्, घरबाहिर ननिस्कियोस् भनी भूतको डर देखाइएको छ । भूतको भेषमा स्वयंसेवकहरु परिचालित गरी मानिसहरुलाई डर देखाएर लकडाउनमा घरभित्रै राखिने प्रयास भइरहेको छ । गत महिनादेखि जाभा द्विपको केपु गाउँमा ती स्वयंसेवकहरु गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन् । इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने ‘पोकोङ’ बन्ने उल्लेख छ । पोकोङहरू डरलाग्दा हुन्छन् । स्वयंसेवकहरूले पोकाङकै भेष धारण गरेका हुन् । ‘पोकोङ’ देखिन थालेपछि अभिभावक र बालबालिकाहरू घरबाट बाहिर निस्किएका छैनन्,” कर्नो सुपद्मोले रोएटर्ससँग भने । “अनि मानिसहरू सन्ध्याकालीन प्रार्थनापछि बाटोमा भेला हुने वा बसिरहने गर्दैनन् ।” पोकोङको भेषमा स्वयंसेवकहरूलाई देखेपछि कोरोनाभाइरस कति घातक हुन सक्छ भन्ने गाउँलेहरूले बुझेको र त्यो अभियान प्रभावकारी भएको स्थानीय मस्जिदका रक्षक अन्जर पान्काले “जाकार्ता पोस्ट” पत्रिकालाई बताए । गाउँले युवाहरूको समूहका प्रमुखको अगुवाइमा स्थानीय प्रहरीसँग सहकार्य गरेर उक्त अभियान थालिएको हो । “हामी अरूभन्दा फरक हुन चाहन्थ्यौँ । अनि पोकोङहरू डरलाग्दा देखिने भएकाले तिनबाट (गाउँलेहरू) हतोत्साह होऊन् भन्ने चाहन्थ्यौँ,” युवा समूहका प्रमुख अन्जर पन्कानिङ्त्यासले रोएटर्ससँग भने । इन्डोनेशियामा झन्डै ४,५०० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये ४०० जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ ।

(बिबिसीबाट साभार, तस्बिर  :राेयटर्स /एजेन्सी)

Categorized in रोचक