STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गरे सिन्धु कोषमा सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १९, शनिबार

भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने बि सं २०७८ सालको  हरिश भुवन चन्द पुरस्कार ,चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी पुरस्कार कोभिडको दोश्रो भेरियन्टकासाथै निषेधाज्ञाको कारण एवं बाढी पहिरोले जनजीवनमा पुर्याएको क्षतिलाई दृष्टिगत गरी स्रस्टा सर्जकलाई प्रदान गरीने गरिएको पुरस्कारको रकम कलाकारद्वारा संचालित सिन्धु सहायता कोष र चलचित्र बिकाश बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरिएको छ । 

फाउण्डेसनकी अध्यक्ष बशुन्धरा भुसालको अध्यक्षतामा  बसेको बैठकले एक लाख दुई हजार रुपिंया सिन्धु सहायता कोषलाई र एकाउन्न हजार रुपिंया चलचित्रकर्मी बिपद व्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरिएको हो । चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई क्रियाशिल बनाउनु पर्ने मान्यता राखि यसअघिनै नेपाल चलचित्र कलाकार संघले पचपन्न हज़ार रूपैया प्रदान गरिसकेको छ ।

कोभिड को दोश्रो भेरियन्टको प्रकोप रहिरहेकाले कुनै विशेष जमघट नगरी सिन्धु सहायता कोषका  संयोजक कृष्ण मल्ललाई एकलाख दुईहजार रूपैया हस्तान्तरण गरेको छ भने उक्त अवसरमा सिन्धु सहायता कोषका सह संयोजक करिष्मा मानन्धर, सदस्य सचिव कृष्ण ढुंगाना ,सदस्यहरु जीतु नेपाल,चेतन सापकोटा तथा फाउण्डेसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

चलचित्रकर्मी विपद व्यबस्थापन कोषलाई अर्पण गरिने एकाउन्न हजार नगद चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने कुरा बताइइको छ ।

यस अघि स्थापना बर्षको पुरस्कार चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको थियो भने गत बर्षको पुरस्कार बिशिष्ट चलचित्रकर्मी शकुन्तला शर्मा, बिशिष्ट नृत्य निर्देशक भैरब बहादुर थापा र बिशिष्ट चलचित्रकर्मी मह जोडीलाई अर्पण गरिएको थियो ।

Categorized in सिनेमा