relans
ni new 83
nib 2082 5

भुवन गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष जेल र ३ लाख जरिवानाको सजाय

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २९, मंगलबार

काठमाडौं- जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। 

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो।  

गिरीलाई गत जेठ १३ गते जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सोही आधारमा आएको फैसला अनुसार ७ वर्षको कैद सजायसहित ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।  

गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेको अवस्थामा उनीविरुद्ध बलात्कारको उजुरी परेको थियो। यसअघिकै अदालतको फैसला अनुसार उनी थुनामा रहेका छन्। 

Categorized in अपराध-दुर्घटना
ppp 2