STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भुजेल चलचित्रकर्मिहरुले लिए कथा लेखन तथा क्यामरा प्रशिक्षण

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ १६, मंगलबार

नेपालमा आदिबासी जनजाति मातृभाषामा फिल्म बन्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विभिन्न भाषाभाषिका चलचित्रकर्मिहरुले आआफ्ना चलचित्रकर्मि हरुलाई प्रशिक्षित गर्ने र क्षमता अभिबृद्धिका लागि तालिम दिने काममा तिब्रता ल्याएको छ । यसैक्रममा भुजेल चलचित्रकर्मि संघको आयोजनामा दुई दिवसिय चलचित्र कथा लेखन तथा क्यामरा प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डको सहयोग मा भएको सहयोगमा जेठ१५ र १६ गते गरी दुई दिनसम्म भएको सो कार्यशाला को उदघाटन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के सि ले सोमबार उदघाटन गरेका थिए ।

उदघाटन समारोहमा बोल्दै बोर्डका अध्यक्ष के सि ले नेपालमा आदिबासी जनजाति चलचित्र निर्माण संख्या बढ्न थालेको मा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्बर्द्धन गर्न आफू पछि नहट्ने बताउनु भयो ।

भुजेल चलचित्रकर्मि संघका अध्यक्ष निर्मला भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुजेल समाजका महासचिव हिलारी बन्धु भुजेलको विशेष उपस्थिति रहेको थियो । सो दुई दिने कार्यशालाका प्रमूख प्रशिक्षक विजयरत्न तुलाधर ले कथा पटकथा  लेखन बारे तथा भुजेल समाज र संस्कृति तथा रहनसहन बारे अमृत सिंह भुजेलले प्रशिक्षण दिएका थिए । 

भुजेल चलचित्रकर्मि संघका विपना थापाले सन्चालन गरेको सो कार्यशालामा करीब चालिस जना प्रशिक्षार्थीहरु ले कथा पटकथा लेखन र क्यामरा बारे प्रशिक्षण लिएका थिए ।

No description available.

No description available.

Categorized in सिनेमा