STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भियतनामका पूर्व राष्ट्रपतिको निधन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो । दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी हुनुभएको थियो । जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति हुनुभएको थियो । उहाँकै शासनकालमा भियतनामले आर्थिक उदारीकरण अपनाउँदै आर्थिक वृद्धिलाई तिब्र बनाएको थियो । भियतनाम युद्धपछि सन् १९९५ मा उहाँ पहिलोपटक राष्ट्राध्यक्षका रुपमा राष्ट्रसंघको बैठकका निम्ति अमेरिकाको भ्रमणमा जानु भएको थियो । भियतनाम युद्धपछि कोही पनि भियतनामी सरकार वा राष्ट्रप्रमुख अमेरिका भ्रमणमा गएका थिएनन् । उहाँले दक्षिण भियतनामको राजधानी साइगोनलाई अमेरिकी सेनाबाट मुक्त गर्ने उपकमान्डरका रुपमा भूमिका निर्वाह समेत गर्नुभएको थियो । सन् १९७८ मा कम्बोडियामा आक्रमण गरी पोलपोटलाई सत्ताच्यूत गराउन अहम् भूमिका खेलेका कारण उहाँलाई “कम्बोडियाको बाघ” का रुपमा पनि सम्झने गरिन्छ ।
Categorized in अन्तर्राष्ट्रिय