Header Ad
janswastha 11 11 78
STC 810x100 adv

भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान प्रभावित

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ६, शुक्रबार

काठमाडौं - आज बिहानैबाट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित बनेको छ ।

बिहान काठमाडौंका लागि बाँकेबाट आएको श्री एयरको जहाज झापाको चन्द्रगढी अवतरण भएको छ । त्यस्तै मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको अर्को विमान पनि काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्सको आरए–४१६ विमान मलेशियाबाट काठमाडौंको आएको थियो । तर भिजिविलिटी कम भएपछि अवतरण हुन सकेन । त्यसपछि कोलकाता डाइभर्ट गरिएको हो ।

यतिबेला काठमाडौंको भिजिविलिट १६०० मात्रै छ । यसअघि श्री एयसको जहाज अवतरण गर्न खोज्दा १५०० भिजिविलिटी थियो । उक्त जहाज पनि अवतरण हुन नसकेपछि झापा डाइभर्ट गरिएको हो ।

Categorized in राष्ट्रिय
Newa Online Adv