STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भिक्षु धर्मपालको अन्त्येष्टि

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण २४, बिहिबार

काठमाडौँ, गत शनिबार दिवंगत हुनुभएका भिक्षु धर्मपाल महास्थवीरको विधि विधानअनुसार आज अन्त्येष्टि गरिएको छ ।

ललितपुरस्थित शाक्यसिंह विहारका प्रमुख धर्मपालको पार्थीव शरीर विहारबाट शवयात्रा गरी शंखमूल घाटमा थेरवादी बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

पार्थिव शरीरमा विभिन्न दलका नेतागण, श्रीलंका, म्यान्मा र थाइल्याण्डका राजदूतलगायतले श्रद्धाञ्जलि दिनुभयो । अन्त्येष्टिमा सहभागी हुन थाइल्याण्डबाट केही विशिष्ट भिक्षुसमेत आउनुभएको थियो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीर, महासचिव भिक्षु कौडण्य महास्थवीर, चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी महास्थवीरलगायतले मृत आत्माको चिर शान्तिको कामना गर्दै पाठ (महापरित्राण वाचन) गर्नुभएको थियो ।

अखिल नेपाल भिक्षु महासंघको व्यवस्थापनमा भएको अन्त्येष्टिमा भिक्षुहरूले सामूहिक दागबत्ती दिनुभएको थियो ।

लामो समयसम्म बौद्ध दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनमा क्रियाशील भिक्षुको ६२ वर्षको उमेरमा अर्वुद रोगका कारण निधन भएको थियो । अखिल नेपाल भिक्षु महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका धर्मपालले करिब पाँच दशकदेखि बौद्ध साहित्यको प्रचारप्रसारमा भूमिका निर्वाह गर्नुभएको थियो ।

थाइल्याण्ड सरकारले उहाँलाई ‘च्रखु’ पदवीसमेत प्रदान गरेको थियो । उक्त पदवी तीन नेपाली भिक्षुले मात्र प्राप्त गरेका छन् ।

Categorized in राष्ट्रिय