STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भाेलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ११, मंगलबार

काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता–२०७९’ लागू गर्ने निर्णय गरेको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

आचारसंहिताको पालना र कार्यान्वयन गर्न आयोगले सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ । आयोगका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्नेछ ।

गत आइतबार मात्रै आयोगले विभिन्न दलका नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारे छलफल गर्नुका साथै सबै दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर गराएको थियो ।

निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा निम्न व्यक्ति, संस्था, निकाय तथा अधिकारीलाई लागू हुने व्यवस्था छ ।

क–कसलाई लाग्छ आचारसंहिता ?

१. नेपाल सरकार र नेपाल सरकारका मन्त्री ।

२. प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री ।

३. संवैधानिक निकाय र सो निकायका पदाधिकारी ।

४. नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी ।

५. स्थानीय कार्यपालिका र सोका सदस्य ।

६. संघ, प्रदेश र स्थानीय तहका कर्मचारी ।

७. सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी ।

८. सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी ।

९. राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन ।

१०. उम्मेदवार तथा सम्बन्धित व्यक्ति ।

११. राजनीतिक दल तथा उम्मेदवारको मतदान ।

१२. प्रतिनिधि तथा मतगणना प्रतिनिधि ।

१३. सार्वजनिक पद धारण गरेको व्यक्ति ।

१४. अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता ।

१५. पर्यवेक्षण संस्था तथा पर्यवेक्षक ।

१६. सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी ।

१७. निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी ।

१८. विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी ।

१९. विकास साझेदार संस्था ।

२०. सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी ।

२१. मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी ।

२२. निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार ।

२३. वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।

Categorized in राजनीति