भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २१, शुक्रबार
काठमाडाैं– तीन दिवसीय नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरबाणे नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक समारोह आयोजना गरी नरबाणेलाई मानार्थ उपाधिको दज्र्यानी लगाइदिएकी हुन् ।
राणाशासक वीर शमशेरको पालादेखि शुरु भएको मानार्थ पदवी आदनप्रदानकै निरन्तरताका रुपमा नरबाणे नेपाल भ्रमणमा आएका हुन् । नरबाणेले यसअघि भारत अतिक्रमित नेपाली भूमि लिपुलेक–लिम्पियाधुराबारे दिएको विवादस्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । नरबाणेले नेपालले अतिक्रमित भूमिको कुरा कसैको उक्साहटमा उठाएको आरोप लगाएका थिए ।
राजनीतिक विषयमा सेना प्रमुखले कमै टिप्पणी गर्ने भए पनि दुई मुलुकबीच राजनीतिक र कुटनीतिक संवादशून्यता भईरहेको बेला नरबाणेको भनाई आएको थिए । यसले नेपाल–भारतबीचको तनाव झन् जटिल मोडमा पुगेको थियो । यो तनाव घटाउने वातावरण बनाउन नरबाणेको भ्रमणले सहयोग खेल्ने अनुमान समेत दुवै मुलुकमा छ ।
नरबाणेकाे आज शक्रबार पर्वतीय अवलोकनमा सगरमाथा क्षेत्रको उडानपछि नरबाणेले प्रधानमन्त्री केपी ओलीलाई शिष्टाचार भेट गर्नेछन् । उनी शुक्रबारै स्वदेश फर्किने कार्यक्रम छ ।
Categorized in राजनीति

