STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय फिल्म अभिनेता इरफान खानको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १७, बुधबार

काठमाडौं – भारतीय फिल्म अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईको कोकिलावेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान खानको निधन भएको थियो । खान ५४ वर्षका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर थियो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट टेलिशृङ्खला हुँदै सिनेमामा आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । गत शनिबारमात्र उनकी आमाको निधन भएको थियो । जस्तोसुकै पात्रको अभिनय गर्नसक्ने एक प्रभावशाली कलाकारको रुपमा खानलाई लिइन्छ । पानसिंह ताेमरकाे लागि खानलाई उत्कृष्ट अभिनेताकाे राष्ट्रिय पुरस्कार पनि दिइएको थियो । खानको स्मरणीय टेलिशृङ्खला चन्द्रकान्ता होे । उनका केही स्मरणीय फिल्महरु सलाम बम्बे, दि नेमसेक, पानसिंह तोमर, पिकु, मदारी, हिन्दी मिडियम हुन् । उनले भारतीय सिनेमाबाहेक हलिउडका सिनेमाहरु दि लाइफ अफ पाइ, स्लमडग मिलिनियरमा पनि अभिनय गरेका थिए ।
Categorized in सिनेमा