STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय गायिका लता मंगेशकर रहेनन्

Janjati Khabar – एजेन्सी | २०७८ माघ २३, आइतबार

माघ २३, एजेन्सी - चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । 

शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो ।

आइतबार शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको जानकारी दिए । 

यसअघि शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको जानकारी चिकित्सकहरुले दिएका थिए । शनिबार अचानक उनको स्वास्थ्य बिग्रन थालेपछि उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो । 

उनले आइतबार बिहान अस्पतालमा अन्तिम सास लिएकी थिइन् ।

Categorized in अन्तर्राष्ट्रिय