STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय एसएसबीको गोलीले एक नेपाली घाइते

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २१, मंगलबार

कञ्चनपुर – कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते भएका छन् । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर-१ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुनारका घुँडामुनि गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । साँझपख सीमा नजिकैको भारतीय वन क्षेत्रमा गएका बेला अचानक गोली चलेको हो ।

Categorized in अपराध-दुर्घटना