STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतले लगायो कोरोनाविरुद्धको खोप निर्यातमा रोक

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र १३, शुक्रबार

भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ ।

भारतले अक्सफोर्ड-एस्ट्राजेनेकाले विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।

भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुन सक्ने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतको भनाइ उद्धृत् गर्दै बीबीसीले जनाएको छ । आगामी साता भारतमै खोपको माग बढ्ने भएकाले तत्काललाई निर्यात रोकिएको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमण बढिरहेकोले पहिला देशभित्रै खोप आवश्यक पर्ने भएकाले तत्कालका लागि निर्यातमा रोक लगाइएको हो ।

खोप भारतको आकस्मिक रोकका कारण खोप अभियान सञ्चालन गरिरहेका १९० देशमा यसको असर पर्ने छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा चलिरहेको कोभ्याक्स योजनाको उद्देश्य सबै देशमा कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने रहेको छ । भारतको यस निर्णयले यो अभियानलाई पनि असर पर्न सक्ने देखिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय