STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतमा कोरोना संक्रमण बढ्दो, झण्डै २ लाख संक्रमित एकैदिन थपिए

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २८, बुधबार

२८ पौष, एजेन्सी - भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए ।

सोमबारको तुलनामा मंगलबार झण्डै १६ प्रतिशत अर्थात् २६ हजार ६ सय बढीको संख्यामा सङ्क्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

भारतमा अहिले सक्रिय सङक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ । दैनिक सङ्क्रमणदर ११ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पनि फैलँदै गएको छ ।

संक्रमितमध्ये ४ हजार ८६८ जनामा ओमिक्रोनको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय