STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतमा एकै दिन थपिए एक लाख बढी संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७८ पौष २७, मंगलबार

२७ पुस, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ६८ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस अवधिमा २ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ८ लाख २१ हजार ४ सय ४६ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि देशभरमा संक्रमितको संख्या १ लाख पार गरेको थियो । अहिले नयाँ भेरिएन्ट फैलिएको १० दिनमै संक्रमित संख्या एक लाख नाघिसकेको छ ।

गत २४ घण्टामा ४ सयभन्दा बढी ओमिक्रोनका संक्रमित देखिएको भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय