STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतबाट घटेर आयो पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ३१, शुक्रबार

काठमाडौं - भारतबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो ।

इण्डियल आयल कर्पाेरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा, डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ ५० पैसाले घटेर आए छ । नयाँ मूल्य हेरफेर भएर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा देखिन्छ भने डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको पनि निगमले जनाएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य हेरफेर भएर आएपनि निगमले अझैँ मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य समायोजनबारे भने निगम सञ्चालक समिति बैठकले निर्णय गर्नेछ ।

Categorized in बिजनेस