STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ५, बिहिबार

एजेन्सी - भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित भएकी छन् ।

विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई हराएर एनडीएकी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी सिन्हाले हार स्वीकार गर्दै मुर्मूलाई जितको लागि बधाई दिएका छन् ।

भारतको राष्ट्रपति चयनका लागि इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत आवश्यक हून्छ । कुनै पनि उम्मेदवारलाई जित्न ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो चरणमा मुर्मूले ५ लाख ७७ हजार  मत कटाएकी थिइन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन्। उनले  २५ जुलाईमा राष्ट्रपति पदको सपथ लिनेछिन् । 

Categorized in अन्तर्राष्ट्रिय