STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतको केरलामा बाढी, जनजीवन प्रभावित

Janjati Khabar – एजेन्सी | २०७८ आश्विन ३१, आइतबार

भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ ।

बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय