relans
ni new 83
nib 2082 5

भारतका नौ प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ३, आइतबार

नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन तथा अनुसन्धानका साथै 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को उचाइ अभिवृद्धिमा विशिष्ट योगदानका लागि भारतका नौ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको  छ ।

यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।

प्रा.डा.कविता लामा, प्रा.डा.कृष्णराज घतानी, डा.टेकबहादुर छेत्री, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, डा.राजकुमार क्षेत्री र प्रा.डा.सञ्जय रार्ई तथा डा.अरुणा रार्ई (संयुक्त)लाई 'नइ प्रज्ञा पुरस्कार'बाट विभूषित गरिने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नइ एकेडेमीले २०८२ चैत २७,२८ र २९  (अप्रिल १०,११ र १२) मा  सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने कुरा  एकेडेमीका सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ  ।

Categorized in साहित्य-कला
ppp 2