STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भानुआटुमा शक्तिशाली भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

प्रशान्त महासागरीयद्वीप राष्ट्र भानुआटुमा बुधबार ५।९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था युएसजिएस का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९।८ किलोमिटर गहिराईमा रहेको थियो । यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन् । भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ ।
Categorized in अन्तर्राष्ट्रिय