STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भाजपाका सांसद शत्रुघन काँग्रेस प्रवेश गर्ने तयारीमा

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

कलाकारीताबाट राजनीतिमा प्रवेश गर्नु भएका भारतीय जनता पार्टी ९भाजपा०का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गर्नु भएको छ । भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उहाँहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् । राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उहाँले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि काँग्रेस प्रवेश गर्न लागेको बताइएको छ । पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गर्नुभएको छ । उहाँ अहिले पनि भाजपाको सांसद हुनुहुन्छ । “भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र काँग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,” उहाँले भन्नुभयो । उहाँले आफु पहिले देखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि काँग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताउनु भयो । उहाँले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले काँग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिनुभयो । काँग्रेसको विहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको “स्टार लिडर र स्टार क्याम्पेनर”का रुपमा सिंहले काम गर्ने बताउनु भयो । सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित हुनु भएको थियो । सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत विहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय