STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भरतपुर महानगरमा दाहाल र सुवेदीबीच कडा प्रतिस्पर्धा

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३, मंगलबार

काठमाडौं - भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ ।

दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा नं. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि छिन् । दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहेका छन् ।

स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ र राप्रपाका हिमला गुरुङले ४ हजार ६४५ मत प्राप्त गरे । 

Categorized in राजनीति