relans
ni new 83
nib 2082 5

भरतपुरकाे मेयरमा रेनु दाहाल विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - भरतपुरको मेयरमा रेनु दाहाल पुनः निर्वाचित भएकी छिन् । २०७४ सालको स्थानीय चुनाव जितेर भरतपुरको प्रमुखमा एक कार्यकाल बिताइसकेकी दाहाल दोस्रोपटक मेयरमा निर्वाचित भएकी हुन् ।

दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । अहिले मतगणनाकाे कार्य सकिए पनि रुजु गर्ने कार्य भइरहेकाेले परिणाम घाेषणामा ढिलाइ भइरहेकाे छ ।

भरतपुरको मेयरमा  दलगत र स्वतन्त्र गरेर २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । १ लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये विजय र रेनुबीच सुरुमा मतान्तर खोसाखोस चले पनि वडा नम्बर ४ को गणना सुरु भएपछि भने रेनुले आफ्नो मत बढाउँदै गइन् ।

२,३ र १२ नम्बर वडामा विजयले लिड गरेका थिए भने अन्य वडामा रेनुले मतान्तर बढाउँदै जाँदा विजय भारी मतले हार्न पुगे। सत्ता गठबन्धनको विरुद्ध कांग्रेसका बागी भुँइकटहर चिह्न लिएर चुनावमा होमिएका जगन्नाथ पौडेल उठ्दा रेनुलाई कांग्रेसको धेरै मत काटिने र अप्ठ्यारो पर्ने आकलन गरिए पनि त्यस्तो हुन भने नसकेको मतपरिणामले देखाएको छ ।

सत्ता गठबन्धनसँग असन्तुष्ट कांग्रेस बाहेक एमालेकै भोट समेत रेनुलाई आएको मतगणनाको परिणामले देखाएको छ । एमालेले राप्रपासँग चुनावी तालमेल गरे पनि सत्ता गठबन्धनसँग फराकिलो मतले पराजय भोगेको छ ।

Categorized in राजनीति
ppp 2