STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भद्रकालीमा बस पल्टियाे, तीनजना घाइते

Janjati Khabar – रासस | २०७७ माघ १, बिहिबार

काठमाडौं - भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भइ पल्टिँदा तीनजना घाइते भएका छन् । 

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेका पहिचान खुलि नसकेको जनाइएको छ । 

घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको छ । बसमा तीनजना मात्रै यात्रु रहेको रहेको बुझिएको छ ।

Categorized in अपराध-दुर्घटना