STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ५, शुक्रबार

काठमाडाैं –  मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । सरकारले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।  तर पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान पनि राखेको छ । चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रु ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।  
Categorized in राजनीति