STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरमा आगलागी ,५ वटा पसलमा क्षति

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २७, सोमबार

भक्तपुर – भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो ।

बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट  भएको छ र  मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । 

Categorized in अपराध-दुर्घटना