STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरको फर्निचर कारखानामा आगलागी

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ३१, आइतबार

 

काठमाडौं -भक्तपुरको सूर्यविनायक नगरपालिका-५ , चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार साँझदेखि सुरु भएको आगलागी के कारणले भएको भन्नेबारे खुलेको छैन ।

फ्याक्ट्रीमा आगलागी भएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेसँगै अहिले त्यहाँ पाँच वटा दमकल पुगेर आगो निभाउने प्रयास गरिरहेको छ ।

हालसम्म सोफा फ्याक्ट्रीका संचालकबारे पनि यकिन जानकारी आइसकेको छैन । आगलागी नियन्त्रण लिने प्रयास भइरहेकाले आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Categorized in अपराध-दुर्घटना