relans
ni new 83
nib 2082 5

भक्तपुरकै अग्रणी संस्थाको स्थापना दिवस सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन १८, शुक्रबार

केके मानन्धर ।

भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले आफ्नो स्थापनाको ६३ औंं वार्षिकोत्सवको सन्दर्भ पारेर स्थापना  दिवसको आयोजना गरेको छ ।

यसै सन्दर्भमा सो संस्थाले साहित्यिक र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन यसरी वार्षिकोत्सवको कार्यक्रम गर्दै आएको छ । सोही बमोजिम यो वर्ष २०८१ असोज १७ गते (नेपाल संवत् तिथि बमोजिम ११४४ कौलाथ्व पारु) बिहीबार थिमिको निगुपुखू क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको हो ।

तत्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाउने क्रममा २०१८ सालमा न्ह्यज्या खलः गठन भएको थियो । न्ह्यज्या खलःले निरन्तर रुपमा भाषा, साहित्य, शिक्षा, सामाजिक र राजनीतिक चेतना जगाउने काम गर्दै आएको छ । विशेषगरी भक्तपुरका नागरिकहरुलाई यो संस्थाले सामाजिक उत्तरदायित्व बहन गराउँदै शैक्षिक जागरणमार्फत क्षेत्रगत विकासमा भूमिका निर्वाह गरेको छ । न्ह्यज्या खलः थिमिका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष बैकुण्ठ हरि साहु श्रेष्ठ हुन् । जिल्लामा न्ह्यज्या खलः जस्तै विराट नेपालभाषा साहित्य सम्मेलन गुथि तथा नेपालभाषा साहित्य तःमुँज्या पनि सक्रिय छ । त्यस मध्ये न्ह्यज्या खलः भन्दा विराट गुथि केहि महिना र तःमुँज्या १९ वर्ष कान्छो संस्था हो । यी संस्थाहरुले नेपालमा बोलिने मातृभाषा, साहित्यसँग सम्बन्धित यावत पक्षलाई सम्बद्र्धनमा टेवा पुर्याउँदै आएको छ ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष महावीर पुनको किताब बेचेर संकलित २ लाख ४८ हजार दुई सय ६० रुपियाँ नगद केन्द्रका सीईओ सञ्जय झालाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा देशभरका नेवारहरुको साझा संस्था नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, प्रगतिवादी संगीतकार रामेश, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्य, शहीद बैकुण्ठ हरि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत थुप्रै साहित्यकार, संगीतकार, पत्रकार तथा स्थानियबासीको सहभागिता रहेको थियो ।

Categorized in साहित्य-कला
ppp 2