STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ वेपत्ता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ । ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ । सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १२० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको ब्रुमादिनहोमा सो बाँध रहेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय