STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बोडेमा सकियो म्ये प्वाः खनेगु जात्रा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ३, सोमबार

बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो। 

बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध म्ये प्वाः खनेगु( जिब्रो छेड्ने) जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भरिएका थिए।

दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो। बीचमा जिब्रो छेड्न तयार भएका २८ वर्षीय सुजन वाग श्रेष्ठ बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आइपुगे।

उनलाई बोडेबासीले जयजयकार गरे। त्यसपछि श्रेष्ठ पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिए। यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनायः कृष्णचन्द्र बाग श्रेष्ठ, नायः पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पःमा माइला भासिको श्रेष्ठ, यसअघि आठपटक जिब्रो छेडाएका जुजुभाई बाग श्रेष्ठ पनि मञ्चमा उक्लिए। 

जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ रँ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा जिब्रो छेडिदिए। 

त्यसपछि सुजन सबैलाई नमस्कार र अभिभावदन गर्दै चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर निस्कए। त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दिलकृष्ण प्रजापतिसमेतले दोस्रो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरे। 

महाद्वीप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे। 

Categorized in उपत्यका