STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ । यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् । अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन ९एफएए० का अनुसार यात्रुरहीत उक्त विमान क्यालिफोर्नियाको उडानमा रहेको र इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । उक्त विमान स्थानीय समयअनुसार मङ्गलबार अपराह्न २।४७ बजे ओल्र्यान्डो विमानस्थलबाट उडेको र इन्जिनमा समस्या आएपछि अपराह्न २।५८ बजे फर्किएर ओल्र्यान्डो विमानस्थलमै अवतरण गरेको थियो । एफएएले उक्त घटनाको जाँच शुरु गरिसकेको जनाएको छ । यसैबीच, साउथवेस्ट एयरलाइन्सका प्रवक्ता ड्यान ल्यान्डसनले पाइलटहरुले निकै सुझबुझका साथ विमानलाई सुरक्षित रुपमा अवतरण गराएको बताउनुभयो । बोइङ ७३७ म्याक्स मोडेलका विमानको सुरक्षाका विषयमा शङ्का उत्पन्न भइरहेकै समयमा इन्जिनमा समस्या आएर आकस्मिक अवतरण गरेपछि पुनः सर्वत्र चिन्ता व्यक्त भएको छ । बोइङले आफ्ना विमानहरु उडानका लागि सुरक्षित रहेको भन्दै प्रतिरक्षा गरिरहेकै समयमा यो घटना भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय