STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बैरागी काइंला , गोपाल पराजुली र भिमबहादुर बोटेलाई ‘वानीरा पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १०, आइतबार

वानीरा फउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिको विशेष उपस्थितिमा राजधानी स्थित वानिरा गिरी फाउण्डेशनको भवनमा  स्थापित वानीरा सभागृहमा आज अाइतबार एक समारोहमाझ नेपाली भाषासाहित्यको श्रीबृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको सम्बर्द्धनमा अति विशिष्ट योगदानका निम्ति अमर प्राज्ञ श्री बैरागी काइँलालाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्नुभयो  । 

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

सोही समारोहमा इन्जिनियर गिरिले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर उत्तर आधुनिक तथा उत्तरउत्तरआधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदानका निम्ति सुप्रसिद्ध कवि श्री गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो  । 

समारोहमा वानीरा फाउन्डेसनका संरक्षक शङ्कर गिरिले भीमबहादुर बोटेलाई पनि पच्चिस हजार रुपियाँ राशि सहित ‘वानीरा सेवा पुरस्कार’ समर्पण गर्नुभयो । 

समारोहमा वानीरा पुरस्कारबाट सम्मानित बैरागी काइँला र गोपाल पराजुलीबाट भगवती बस्नेतद्वारा सम्पादित ‘वानीरा अभिलख’को लोकार्पण गर्नु भएको थियो ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा अमर प्राज्ञ बैरागी काइँलाबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रबल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो । 

डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरोनाका कारण निधन भएको थियो ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सम्मानित स्रष्टाहरु बैरागी काइँला र गोपाल पराजुली लगायत कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले  मन्तव्य राख्नु भएको थियो ।

Categorized in साहित्य-कला