STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बैतडी बस दुर्घटनामा आठ घाइते

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १३, बिहिबार

बैतडी, १३ माघ (रासस) - यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ ।  पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् ।  घाइतेलाई  उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।  

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in अपराध-दुर्घटना