STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज

Janjati Khabar – रासस | २०७७ फाल्गुण ८, शनिबार

बेलायती राजकुमार ह्यारी दम्पतीको मान पदवी खारेज भएको छ ।

बेलायतका महारानी एलिजावेथले द्वितीय राजकीय सदस्यबाट हटाउँदै राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मर्केलको मान पदवी खारेज भएको घोषणा गरेकी छन् ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको हो ।

मान पदवी खारेज भएको घोषणासँगै यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी राजकुमार ह्यारीकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।

केही महिना गाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइँ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पतीसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उनीहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेका हुन् ।

Categorized in अन्तर्राष्ट्रिय