STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ४, बुधबार

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको उद्धार कार्यले परिणाम निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । आज बिहानैदेखि दुर्घटनास्थलमा उद्धार टोली खटिएका छन् । सिकारुले जीप चलाएका कारण याङचुमा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएको लु १ ज ७१६६ नम्बरको जीप चालकले नचलाएर सिकारुले चलाएका कारण नदीमा खसेको बताइएको छ । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित अन्दाजी १६ जना सवार गाडीलाई भर्खरका सिकारुले चलाएका कारण गाडी कर्णाली नदीमा खसेको प्रत्यक्षदर्शी स्थानीय तुल्या कामीले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना