STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुद्ध एयरकाे जहाज काठमाडाैंमा सुरक्षित अवतरण

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ११, सोमबार

काठमाडौंबाट विराटनगरको लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो ।

विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो ।

त्यतिन्जेल जहाजमा रहेका तीन बच्चा र अन्य ७० यात्रु निकै त्रसित भइसकेकाे थिए । यात्रुलाई प्राविधिक समस्याका विषयमा जानकारी गराइएको थियो । 

विराटनगरबाट तत्काल काठमाडौं फर्काइए पनि लामो समय आकाशमा होल्ड गरिएपछि यात्रु निकै त्रसित भएका थिए । दुई घण्टा आकाशमा फन्काे लगाएकाे जहाज साढे १० बजे मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भयो । 

त्यतिन्जेल विमानस्थलमा फर्म बिच्छ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरिएको थियो । विमान क्यापेट आंगेलो शेर्पाले चलाएका थिए । 

फाइल तस्बिर

Categorized in अपराध-दुर्घटना