STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ५, मंगलबार

काठमाडौं - बीबीसीकाे सन् २०२३ मा विश्वका सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सार्वजनिक गरेको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी कपाली पनि अटाएकी हुन् । 

ट्रान्सजेन्डर मानवअधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहकाे अधिकारका लागि लड्दै आएकी छिन् ।

नेपालकै स्थानीय नेवार समुदायकी कपालीले हुर्किँदै गर्दा आफ्नो परिचयबारे कुनै जानकारी पाउन सकिनन् । किशोरावस्थाबाट भने उनी समलिंगी अधिकारका लागि सामाजिक सञ्जालमा आवाज उठाउन थालिन् । 

सय जना प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, बालेड डिओर जित्ने फुटबलर आइताना बोनमाटी लगायत छन् । 

Categorized in राष्ट्रिय