
बीजेन्द्र चवालको " मां ” आउने
Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र २८, बिहिबार

आराधाना संगीत समूह ख्वपको आयोजनामा यहि शनिबार नेपालभाषाको नयाँ म्युजिक भिडियो "मां" को विशेष प्रीमियर कार्यक्रम हुने भएको छ ।
भिडियोग्राफीमा आफ्नो कुशल कार्य दक्षता प्रस्तुत गर्न सफल भिडियोग्राफर तथा सम्पादक योवन शाक्य (14K) पछिल्लो समयमा भिडियो निर्देशनमा पनि सक्रिय देखिएका छ्न् भने शाक्यले हालै विभिन्न शर्ट मुभीहरुका साथै म्युजिक भिडियोहरुको निर्देशनमा आफ्नो दक्षता देखाउन सफल एक युवा निर्देशकको रुपमा चिनिएका छन् ।
उनै निर्दशक शाक्यकै निर्देशनमा सार्वजनिक हुने ''मां" शिर्षकको म्युजिक भिडियोको प्रीमियर शनिबार हुने भएको छ । विजेन्द्र चवालको स्वर रहेको सो गीतको वरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्याय हुन् । अनिश शाक्यको शब्द, जुगल डंगोलको संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा कलाकारहरु सुजन, रुपाको साथमा बालकलाकारहरु आरभ, ओस्मी, सेड्रीनाको अभिनय गरेका छन् ।
पुष्पा महर्जनको फोटोग्राफी र सुश्मा परियारको श्रृंगार रहेको छ भने भेषभुषाको ब्यवस्थापन साज स्टाईलका सजना महर्जनले गरेका छन् र निर्माण ब्यबस्थापनको जिम्मा भने उजय शाहीले सम्हालेका छन् । राज्य लक्ष्मी महर्जनको परिकल्पनामा निर्माण भएको सो भिडियोकाे छायाँकार, सम्पादक अनि कलर ग्रेडिंग दिनेश महर्जनको रहेको छ ।
Categorized in साहित्य-कला