STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २८, सोमबार

काठमाडौं - बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विवाहको तयारीमा छिन्। उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गर्न लागेकी हुन्। 

लामो समयदेखि सोनाक्षी र जहीर प्रेम सम्बन्धमा रहेको चर्चा थियो। भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले २३ जुनमा विवाह गर्न लागेका हुन्। 

उनीहरूको विवाह मुम्बईमा हुने बताइएको छ। तर सोनाक्षी र जहीरले आधिकारिक रूपमा विवाहको घोषणा गरेका छैनन्। 

सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म 'नोटबुक' बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म 'डबल एक्सएल' मा  एकसाथ काम गरेका थिए।

Categorized in सिनेमा