STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिहीबारदेखि पठनपाठनका सबै कार्यक्रम स्थगित !

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार

काठमाडाैं - प्याब्सन र एन प्याब्सनले भोली बिहीबारदेखि पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । दुई संगठनको बैठकले पठनपाठन ठप्प पार्ने निर्णय गरेको हो । सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेको हो । साउन १ गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ढाटेको आरोप लगाउदै सबै कार्यक्रम स्थगित गरेको हो । दुई संस्थाले सेन्ट जेभियर्स, बुढानिलकण्ठ लगायत शैक्षिक गुठीबाट सञ्चालन भैरहेका विद्यालयका पठनपाठन समेत ठप्प पार्ने घोषणा गरेको हो । सरकारले माग पुरा नगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेका प्याब्सन र एन प्याब्सनले जनाएकाे छ । तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए। साथै कोभिड-१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग पनि उनीहरुको थियो।
Categorized in शिक्षा