STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिरज महर्जनको दुई म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८० माघ २०, शनिबार

युवा पुस्ताका प्रतिभावान गायक बिरज महर्जन ले गाउनु भएको दुई वटा गीतका म्युजिक भिडियो अाज शनिवार सार्वजनिक गरिएको छ । शनिवार आयोजित म्युजिक भिडियो सार्वजनिक समारोहमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन प्रमूख अतिथीका रुपमा यी भिडियो हरुको सार्वजनिक गर्नु भएको थियो ।

यसरी सार्वजनिक भएका दुई गीतहरु मध्ये खस नेपाली भाषाको " तिमि आउने बाटोभरि ” र नेपालभाषाको

" नक्कलिम्ह मयजु” रहेका छन् । 

भिडियो सार्वजनिक समारोहमा गोदावरी नगरपालिकाका सांगितिक प्रतिभाहरुको सम्बर्द्धन गर्न आफु संधै अगाडि बढ्ने प्रतिबद्धता पोख्नु भएको थियो ।

समारोहमा चलचित्र पत्रकार विजयरत्न असंबरे ले दुबै भिडियो को समीक्षा गर्नु भएको थियो भने समारोहमा संगीतविज्ञहरु धनबहादुर गोपालि र संगीता प्रधान राना , संगीतप्रेमी गोपाल महर्जन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने समारोहको सभापति जित मेहर महर्जन रहनु भएको थियो । 

सो समारोहमा रुषा महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपालभाषाको म्युजिक भिडियोका निर्देशक रामकृष्ण खडगी र  नेपाली भिडियो तर्फका निर्देेशक शायद कार्की ले भिडियो निर्माण गर्दाको अनुभव सुनाउनु भएको थियो ।

सार्वजनिक भएका गीतहरु मध्ये " तिमि आउने बाटोभरि ”का गीतकार र संगीतकार बद्रि देसार , संगीत संयोजक जुगल डंगोल, छायाँकन प्रद्युम्न मिश्र,सम्पादन कृष्ण भण्डारी को रहेको छ भने यसमा अभिषेक जोशी र मिशेल घिमिरेका साथमा कृष्णभक्त महर्जनको अभिनय रहेको छ ।

यस्तैगरी " नक्कलिम्ह मयजु” को निर्देशन रामकृष्ण खडगी,गीत रचना सुरजबीर बज्राचार्य, संगीतकार जुगल डंगोल, छायाँकन रकि महर्जन , सम्पादन आर आर को रहेको छ भने यसमा मनोज महर्जन र हसना महर्जनको मूख्य अभिनय रहेको छ ।

Categorized in साहित्य-कला