STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाह्र सुरक्षा अधिकारी मारिए

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

 अफगानिस्तानको पश्चिमी प्रान्त घाद्घिसमा गत २४ घण्टादेखि सुरक्षा अधिकारी तालिबान लडाकूबीच जारी झडपमा परी कम्ती १२ सुरक्षा अधिकारी मारिएका यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
हालैको वर्षमा भएका तालिबान लडाकू समूहले गरेको आक्रमणमा पछिल्लो यो आक्रमण भीषण भएको बताइएको छ । 
  
गत २४ घण्टामा तालिबान लडाकू समूहले बाला मुर्घाब शहरनजिकै कैयौ प्रहरी चौकी कब्जा गरेर भीषण आक्रमण गरेका थिए । 
 
शृखलाबद्धरुपमा सरकारी प्रहरी चँौकीमा गरेको यस  आक्रमणमा  परी  १२ जना सुरक्षा अधिकारी मारिएका छन् । 
यस संकटपूर्ण अवस्थालाई नियन्त्रणमा लिनको लागि सुरक्षा अधिकारीको पनि बृद्धि हुनु पर्ने बादघिस प्रान्तीय परिषदका प्रमुख अब्दुल अजिज बेगले बताउनु भएको छ ।
 
सन् २०१४ सेप्टेबरमा असरफ घानीले राष्ट्रपति पद सम्हानु भएयता अफगानिस्तानमा ४५ हजार सुरक्षा अधिकारीले ज्यान गुमाएका गत जनवरीमा घानीले बताउनु भएको छ ।
त्यसै गरी अफगानिस्तानमा कैयाँै स्थानमा भएका छुद्वाछुट्टै घटनामा परी कम्तीमा १४ जना तालिबान लडाकू मारिएका छन् ।
दुर्गम जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको यस  झडपमा परी  तीन सुरक्षा अधिकारी पनि घाइते भएका समाचारमा जनाइएको छ । 
अफगान राष्ट्रिय रक्षा र सुरक्षाबलले अफगानिस्तानको ३४ ओटा ठूलो जनघनत्व भएका इलाकालाई नियन्त्रणमा लिएको छ । तालिबान लडाकू समूहले अफगानिस्तानको ठूलो भाग अझै पनि कब्जामा लिएको हुनाले अफगानिस्तानमा द्वन्द्व जारी रहेको छ । 
Categorized in अन्तर्राष्ट्रिय