STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १२, आइतबार

बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र बीएमके को कोर्टमा आज भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई ६३–४२ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अङ्क जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले आठ अङ्क जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । उपाधिसँगै बूढानीलकण्ठले रु ४० हजार हात पा¥यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको कीर्तिपुरले भने रु २० हजार प्राप्त ग¥यो । बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए । विजेतालाई प्रदेशसभा सदस्य नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । यही असोज ४ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।
Categorized in खेलकुद