STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालेनले अस्पताल पुगी भेटे निहारिकालाई

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण २८, शनिबार

काठमाडौं - बलत्कारबाट रहेको गर्भबाट बच्चा जन्मिएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई शनिबार काठमाडौंका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पताल पुगेर भेटका छन् ।

न्यायका लागि अनसनसमेत बसेका निहारिकाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगेको थियो । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बालेनले शनिबार उनलाई भेटेपछि भनेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

Categorized in उपत्यका