STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाबुराम र हिसिला यमीलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ८, शनिबार

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनले शनिबार बिहान ट्वविटमार्फत आफु सँगै श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

भट्टराईले ट्वविटमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’

उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु ‘होम आइसोलेसन’मा नै रहेको बताएका छन् । उनले लेखेका छन्, ‘ चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

Categorized in व्यक्तित्व