STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ७, सोमबार

काठमाडौं– क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ। 

लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा अभिनेता सिलियन मर्फेले ‘बेस्ट एक्टर’को अवार्ड जिते । 

उनले फिल्ममा जे रोबर्ट ओपनहाइमरको भूमिका अभिनय गरेका छन् । ओपनहाइमर आणविक बमका पिता हुन् ।

त्यस्तै फिल्मका लागि अभिनेता रोबर्ट डोनी जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर्स’को अवार्ड जित्दा फिल्मले ‘ओरिजिनल स्कोर’, ‘सिनेमाटोग्राफी’ र ‘बेस्ट एडिटिङ’ विधाको अवार्ड पनि सुरक्षित गर्यो ।

अवार्डमा फिल्म ‘पुअर थिङ्स’ले पाँच विधामा अवार्ड सुरक्षित गर्यो । फिल्मका लागि अभिनेत्री एमा स्टोनले ‘बेस्ट एक्ट्रिस’ अवार्ड जित्दा फिल्म ‘मेकअप हेयर’, ‘कस्ट्युम डिजाइन’, ‘प्रोडक्सन डिजाइन’, ‘स्पेसल भिजुअल इफेक्ट्स’मा अब्बल बन्यो ।

अवार्डमा ‘द होल्डओभर्स’का लागि डा’भिन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्डमा चित्त बुझाइन् ।

‘ओपनहाइमर’को सफलताले ‘ओस्कार अवार्ड’को नयाँ संस्करण आउन तीन साता मात्र समय बाँकी रहँदा ‘ओपनहाइमर’ र विजेताहरुले अहिलेकै सफलतालाई दोहोर्‍याउन सक्छन् त भन्ने कुरामा ओस्कार र बाफ्टाका भोटरहरु वीरलै सहमत छन् ।

सोमबार बिहान भएको ‘बाफ्टा अवार्ड २०२४’ मा ‘सरप्राइज’ रुपमा उपस्थित भएका माइकल जे फक्सले ‘ओपनहाइमर’लाई ‘बेस्ट फिल्म’को रुपमा घोषणा गरेका थिए । ३० वर्षभन्दा बढी समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित ६२ वर्षे माइकल स्टेजमा उपस्थित हुँदा दर्शकले उभिएर स्वागत र सम्मान गरेका थिए ।

‘ओपनहाइमर’ अभिनेता मर्फेले उनको करियरमा पहिलो पटक ‘बाफ्टा’ अवार्ड जितेका हुन् । ‘ओ केटा । होली मोली । धेरै धेरै धन्यवाद, धेरै धेरै बाफ्टा ।’ 

अवार्ड लिँदै आइरिस अभिनेता मर्फेले ‘ओपनहाइमर’लाई श्रद्धाञ्जली दिँदै निर्देशक नोलेनको प्रशंसा गरे । 

ब्रिटिस निर्देशक नोलेनका लागि पनि ‘बाफ्टा’को विजय पहिलोपटक हो । सन् १९९३ मा फिल्म ‘चाप्लिन’बाट ‘बाफ्टा’ जितेका डोरीले ३१ वर्षपछि दोस्रोपटक ‘बाफ्टा’ जित्ने अवसर पाएका हुन् । 

यो जितसँगै उनले सबैभन्दा लामो अन्तरमा अवार्ड जित्ने रेकर्ड पनि कायम गरेका छन् । ‘ओपनहाइमर’मा डोरीले ओपनहाइमरको विरोधी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् ।

अवार्डमा ‘द जोन अफ इन्ट्रेस्ट’ले ३ र ‘द होल्डओभर्स’ले २ विधामा अवार्ड जितेका थिए । अवार्डमा जापानी एनिमेटेड फिल्म ‘द ब्वाइ एण्ड द हिरोन’का लागि हायाओ मियाजाकले ‘बेस्ट एनिमेटेड फिल्म’को अवार्ड जिते । यो अवार्ड जित्ने ‘द ब्वाई एड द हिरोन’ पहिलो जापानी फिल्म बनेको छ । एजेन्सी

Categorized in सिनेमा