STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बादल हटेर फेरि सूर्य उदाउनेछ : ‌ओली

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २९, मंगलबार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सवै षड्यन्त्रलाई परास्त गर्दै फेरि एमाले मुलुकमा उदाउने बताएका छन् ।

सर्वोच्च अदालतले परमादेशबाट सत्ताच्यूत गरेपछि प्रधानमन्त्रीका रुपमा मंगलबार अन्तिम सम्बोधन गर्दै ओलीले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका हुन् । ‘सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन, अहिले एकछिन बादल लागेको छ, तर बादल हटाएर फेरि सूर्य उदाउने छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामनासमेत दिएका छन् । ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस्, मलाई शंका छ,’

उनले भने, ‘लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ । राष्ट्रिय आवश्यकतातिर सबैको ध्यानाकर्षण गराउन चाहन्छु । हामी कुनै उन्मादमा जानु आवश्यक छैन, निराश हुनु पनि आवश्यक छैन ।’

सम्बाेधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी कोरोना संक्रमणविरुद्धको खोप आपूर्तिको प्रबन्ध गरेको बताएका छन् । ओलीले सन् २०२१ भित्र धेरै नेपालीलाई खोप लगाउने व्यवस्था गरिएको बताएका हुन् । उनलले भने ‘सबै नेपाली जनतालाई खोपको अवस्थामा पुर्याएका छौँ।

खोपको उत्पादक होइन। छोटो समयमा खोपको व्यवस्था गरेका छौँ ।’ एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया जारी रहेको उनको भनाई थियो ।

उनले थपे ‘भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् । तमासा शुरु हुनेछ । तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाएका छन् ।

सम्बोधनमा ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गरेका छन् ।

उनले कोरोना महामारी तथा बाढीपहिराबाट जीवन गुमाएका प्रति श्रद्धाञ्जलि दिँदै सरकारले बिरामी एवं घाइते सबैको निःशुल्क उपचार गराइरहेको तथा पुनःनिर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले देश कोभिड महामारीबाट आक्रान्त भइरहेका बेला कत्ति पनि समय खर्च नगरेर एकताका लागि महामारी रोकथाम र राष्ट्रको विकासका काम गर्नुपर्नेमा मुलुकमा असझदारी र द्वन्द्व सिर्जना गरेर मुलुकलाई असफल बनाउने गम्भीर षड्यन्त्रप्रति सबैको ध्यानाकर्षण गराए । उनले निराश र उत्तेजनामा जान आवश्यक नभए पनि सर्वोच्च अदालतको सोमबारको फैसलको परिणाम र परिणति देखिँदै जाने विचार व्यक्त गरे ।

उनले राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताए । प्रधानमन्त्री ओलीले विगतका राजनीतिक दृष्टान्तका आधारमा पात्र र प्रवृत्तिलाई चिन्न गाह्रो नहुने भएकाले लोकतन्त्र र विधिका शासनमा कुनै दरार त आउने होइन भन्ने प्रश्न खडा भएको टिप्पणी गरे ।

आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उनले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने स्पष्ट गरे । “मेरो मनमस्तिष्कमा देशको, सुरक्षा, सार्वभौमसत्ता र स्वाधीनता, विकास, सुशासन, सभ्य समाज, सामाजिक न्यायसहितको समृद्धिबाहेक अर्को कुनै विषय छैन”,

प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई सुन्दर र समृद्ध बनाउन लोकतान्त्रिक प्रणाली र त्यसअनुसारको इमान्दार अठोट चाहिन्छ, योबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकारसम्पन्न ठान्छु तर आज म अदालतको आदेशबाट बाहिरिएको छु । मेरो लोकतन्त्रप्रतिको निष्ठा र आशा तथा देश र जनता प्रतिको माया कमजोर हुने छैन ।’

Categorized in राजनीति