STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

Janjati Khabar | २०८१ आषाढ १५, शनिबार

बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताउनुभयो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

 

Categorized in अपराध-दुर्घटना